हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु

केन्द्रभाग मिडिया

एजेन्सी ।

उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु भएको छ।

भारी हिमपात हुँदा हिउँ हेर्नका लागि निस्किएका सवारीसाधनभित्र फसेका उनीहरुको चिसोको कारण ज्यान गएको बताइएको छ । ज्यान जानेमा १० पुरुष, १० बालबालिका र २ महिला रहेको बताइएको छ।

मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।

मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू पोष्ट गरेका थिए।

  • २५ पुष २०७८, आईतवार १०:२० प्रकाशित