काठमाडौं ।
रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् घाईते भएका छन् ।
आइतबार बिहान मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट बीएसी ९४६३ (बा १३ च ३९३५ पुरानो) नम्बरको स्कारपियो खस्दा मन्थली नगरपालिका–११ की राधा कार्की चौहानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
दुर्घटनामा स्कारपियोका चालक एवम् श्रीमान उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गरेपश्चात धुलिखेल अस्पतालमा रेफर गरिएको छ। उनको अनुहारमा चोट लागेको छ। प्रहरीका अनुसार स्थानीय र सुरक्षाकर्मीको सहयोगमा भीरबाट महिलाको शव निकालिएको छ।
उनीहरू बिहान ५ बजेतिर मन्थलीबाट हेटौंडा जाँदै थिए। गाडीमा दुई जनामात्र सवार थिए।














