यी तीन प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • २५ श्रावण २०८२, आईतवार ०६:४७ प्रकाशित