पोखरा ।
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
तनहुँ प्रहरीका अनुसार घाइते ५ जनालाई उद्द्धार गरेर आबुखैरेनी अस्पताल ल्याइएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गुमेको थियो ।















