भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको ज्यान गयो, ४ घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

१५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ ।इटियाथोक प्रहरीका अनुसार दुर्घटनामा परेका तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि जाँदै थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

यसैगरी मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

  • १८ श्रावण २०८२, आईतवार १५:०४ प्रकाशित