राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

लामो समयदेखि खाली रहेका मुलुकमा राजदूत नियुक्त गर्न दबाब बढेको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको महाधिवेशनको कारण राजदूत नियुक्ती प्रक्रिया थन्किएको भन्दै प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनमा दबाब बढेको छ ।
महाधिवेशनको कारण राजदूत नियुक्तीका लागि गठबन्धनमा भागबण्डा पनि हुन सकेको छैन ।

राजदूतका आकांक्षीहरू नेताहरूको घरदैलो पुग्न थालेका छन् । परराष्ट्र सेवाबाट पनि राजदूत नियुक्ती हुने हुँदा आकांक्षीहरूको दौडधूपका कारण मन्त्रालयको काम समेत प्रभावित भइरहेको परराष्ट्रका अधिकारीहरु बताउँछन् ।रिक्त २० राजदूतमध्ये १३ जना परराष्ट्र सेवा बाहिरबाट र ७ जना परराष्ट्र सेवाबाट नियुक्त हुनेछ ।

२० राजदूतमा गठबन्धन दलहरूबीच भागबण्डा हुनेछ । भागबण्डा तय गर्दा खुला र परराष्ट्र सेवाबाट सिफारिश हुने राजदूतमा भागबण्डा हुँदा सत्तारुढ पाँचै दलले कम्तीमा एक–एक राजदूत प्राप्त गर्नेछन् ।

चीन लगायत रुस, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, दक्षिण अफ्रिका, इजरायल, कतार, मलेसिया, डेनमार्क, बहराइन, साउदी अरब, बंगलादेश, श्रीलंका, ब्राजिल, म्यानमार, इजिप्ट, स्पेन, ओमान, भियानामा राजदूत रिक्त छ ।

कहाँ कहिलेदेखि खाली छ राजदूत?

चीन -सन् २०२१ अक्टुबर

रुस – सन् २०२० डिसेम्बर

जापान – सन् २०२१ अक्टुबर

अष्ट्रेलिया – सन् २०२१ जुन

दक्षिण कोरिया -सन् २०१९ जनवरी

दक्षिण अफ्रिका – सन् २०२१ अक्टुबर

इजरायल – सन् २०२१ अक्टुबर

कतार – सन् २०२१ अक्टुबर

मलेसिया – सन् २०२१ नोभेम्बर

डेनमार्क – सन् २०२१ जनवरी

बहराइन – सन् २०२१ जनवरी

साउदी अरब – सन् २०२१ जुन

बंगलादेश – सन् २०२१ अक्टुबर

श्रीलंका – सन् २०१९ जुलाई

ब्राजिल – सन् २०२१ अक्टुबर

म्यानमार – सन् २०२१ जुलाई

इजिप्ट – सन् २०२१ जनवरी

स्पेन -सन् २०२१ अक्टुबर

ओमान – सन् २०२१ अक्टुबर

भियाना -सन् २०२१ जनवरी

  • २३ पुष २०७८, शुक्रबार १७:०२ प्रकाशित