बेइजिङमा भीषण बाढी : हालसम्म कम्तीमा ३० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चीन ।

चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान गएको हो।

सप्ताहन्तदेखि शुरु भएको अविरल वर्षा सोमबार आसपासका प्रान्तहरूमा समेत फैलिएको छ। बेइजिङका उत्तरी क्षेत्रमा ५४३ मिमी (२१.३ इन्च)वर्षा मापन गरिएको छ। यो वर्षा मापन हालसम्मकै एक उच्च स्तरको हो।

राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार, सबैभन्दा प्रभावित क्षेत्रहरूबाट ८० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण दर्जनौं सडकहरू भत्किएका छन् र कम्तीमा १३६ गाउँहरूमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

  • १३ श्रावण २०८२, मंगलवार १४:०१ प्रकाशित