नाइजेरियामा डुंगा पल्टिँदा १३ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

माइदुगुरी ।

उत्तर–मध्य नाइजेरियाको नाइगर राज्यमा झन्डै सय जना सवार डुंगा पल्टिएको छ । यस घटनामा १३ जनाको मृत्यु भएको पुस्टी भएको छ भने अरू दर्जनौँ हराइरहेको भन्दै रोयटर्सले समाचार छापेको छ ।

डुंगा चढेर बजार गइरहेको अवस्थामा काठको उक्त डुंगा दुघर्टनामा परेको अधिकारीहरूले बताएका छन् । उद्धारकर्मीहरूले २६ जनाको उद्धार गरेका थिए । यीमध्ये अधिकांश महिला र बालबालिका भएको बताइएको छ । उद्धार हुनेमा डुंगा चालक पनि थिए ।

उनले डुंगामा कति जना सवार थिए भनेर पुस्टी गर्न नसकेको बताइएको छ । अहिलेसम्म डुंगा दुघर्टनामा पर्नुको कारण खुल्न नसके भए पनि अत्यधिक भार थेग्न नसकेर डुंगा पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

  • १२ श्रावण २०८२, सोमबार १३:०६ प्रकाशित