भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको ज्यान गएको छ ।

गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्दिरमा ठूलो भीड जम्मा भएका बेला अकस्मात भागदौड हुँदा ६ जनाको ज्यान गएको दिएका छन् ।

भागदौडबाट निस्किएका श्रद्धालुका अनुसार आइतबार भएका कारण मन्दिर परिसर श्रद्धालुको भीड थियो । वरिष्ठ प्रहरी अधीक्षकले घटना मनसादेवी मन्दिरभन्दा एक सय मिटर अगाडिको सिँढीमा भएको हो ।

घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । भीडमा बिजुलीको तार चुँडिएर करेन्ट फैलिएको अफवाहका कारण भागदौड मच्चिएको बताइएको छ ।

  • ११ श्रावण २०८२, आईतवार १५:३४ प्रकाशित