डेन्भर ।
अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो। यो उडान मियामी जाँदै थियो।
यो घटना अमेरिकाको समय अनुसार दिउँसो २स्४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको थियो।
दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।
जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान बोइङ कम्पनीकै थियो। बोइङ ७८७-८ विमान उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो।















