पुस २७ गतेका लागि सर्‍यो राष्ट्रियसभा बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा बैठक फेरि सरेको छ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

  • २३ पुष २०७८, शुक्रबार १५:४० प्रकाशित