पोखरा ।
पोखरामा नगद चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् ।
१२ लाख बढी नगद चोरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षीय ओमबहादुर भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
भुजेलले १२ लाख ३० हजार रुपैयाँ नगद चोरेको आरोप छ ।उनले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसकी सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराजमा राखिएको उक्त नगद चोरेको प्रहरीले बताएको छ ।
कास्की मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न भुजेललाई यहि साउन ३ गते शनिबार अन्दाजी साढे १० बजेको समयमा डिकोपाटनबाट ९ लाख ९७ हजार पाँच सय रुपैँया र मोवाईल थान २ सहित पक्राउ गरेको हो ।
उनीमाथि अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ ।















