सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

  • ४ श्रावण २०८२, आईतवार १५:०७ प्रकाशित