पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

मध्यपहाडी लोकमार्ग स्थित खुकोर्टबाट कटारी जाने सडक पनि ३ ठाउँमा अवरुद्ध भएको थियो । सो सडक पनि हाल सञ्चालनमा आएको एसपी सुवेदीले जानकारी दिए ।

  • ४ श्रावण २०८२, आईतवार १२:२२ प्रकाशित