सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया सालीको हत्या

केन्द्रभाग मिडिया

काठमाडौं।

सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।सोमबार बिहान साढे २ बजेतिर सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा १८ वर्षीया अरसी खातुनमाथि भिनाजुले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् । आरोपी भारतीय नागरिक भएको खुल्न आएको छ ।

मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । आरोपीको खोजी भइरहेको छ ।

  • ३० असार २०८२, सोमबार १०:५१ प्रकाशित