पोखरा ।
आज शुक्रबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहितका केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ २२ र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ०८ र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा थियो ।
आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ७५ र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८४ र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा थियो । त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा थियो ।















