बेगनासताल बराह क्षेत्र विकास संस्थामा सुरेन्द्र

केन्द्रभाग मिडिया

पोखरा ।

बेगनासताल बराह क्षेत्र विकास संस्था, पोखरा महानगरपालिका–३१, बेगनासको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित भएका छन्।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला निकायहरू सक्रिय हुनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा वडा सदस्यहरू देवेन्द्रराज अधिकारी र विनोदमणि लामिछाने, साथै बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी , समाजसेवी गङ्गाराम सुबेदी, बिरभद्र कडेल , संस्थापक अध्यक्ष वुद्दिनाथ कंडेल लगायतले आ–आफ्ना धारणा सहित शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष विष्णु सुवेदीले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन सस्थाका सचिब सुर्य तिवारीले गरेका थिए।

  • ३० चैत्र २०८२, सोमबार १७:०० प्रकाशित