एगा पोखराको शुभकामना एवम् सामाजिक उत्तरदायित्व कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने र एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि त्यसले निरन्तता पाउने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले एगाले सामाजिक र व्यवसायिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स मार्ट लगायतका कार्यक्रम एगासँगको सहकार्यमा गरिएको बताउँदे उनले आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका पूर्व जनप्रतिनिधि जीवन केसीले रुकुम पूर्व र कास्कीलाई जोड्न र सिकाई आदानप्रदान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थाका संस्थापक वेदप्रसाद पाण्डे,  पूर्व अध्यक्ष एवम् सल्लाहकार  चिरञ्जीवी पोखरेल, पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सद्भाव सदस्यद्वय गोविन्द अधिकारी, प्रतापबहादुर कार्की, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल र सरोकार फोरके टेलिभिजनका पत्रकार माधव पनेरू लगायतले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
एगा पोखराका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता ढकालले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव माया सुवेदीले गरेका थिए ।
कार्यक्रममा अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका सदस्य क्यान्सर पीडित बुद्धिबहादर क्षेत्री र क्यान्सर पीडित मीरा पन्तलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
  • ३० चैत्र २०८२, सोमबार १६:३४ प्रकाशित