काठमाडौं ।
नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाएको छ । वैशाख २ गते बस्ने गरी अनुशासन समिति बैठक बोलाइएको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपीस्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ सोमबार समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गर्ने तथा विशेष महाधिवेशनबाट आएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्ने पूर्णबहादुर खड्काबारे छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले बताएका छन्।














