वर्षको अन्तिम दिन आज घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

२०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो ।

१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो ।

  • ३० चैत्र २०८२, सोमबार १६:०२ प्रकाशित