अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ घटेको छ । त्यसैगरि युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ २६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ २२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ०६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • ३० चैत्र २०८२, सोमबार ०८:३८ प्रकाशित