काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद, १९० तोला गहना र तीन ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको रकम, श्रीमती सविना काफ्लेको नाममा गहना रहेको खुलाएका छन् । यसैगरी काठमाडौं महानगरपालिका ९ मा ध्रुवतेली शाहको नाममा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उनले खुलाएका छन् ।
प्रधानमन्त्री शाहले महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।












