पोखरा ।
स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलास्थित आँधीखोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोपमा ग १ त ६१७३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिई चालकमाथि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।












