संसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ ।

प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । जसअनुसार यो समिति २६ सदस्यीय छ । सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन् ।

‘सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलबाट हुने भन्ने छ । हामी पनि प्रतिपक्षमा भएकाले स्वभाविक रूपमा लेखा समितिको सभापतिमा हाम्रो दाबी छ’ राईले भने ।

सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिको सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि तोकेका छन् । त्यस अगाडि संसदीय समितिको सभापति टुंगो लगाउने कसरतमा दलहरू छन् ।

सार्वजनिक लेखा समितिमा सांसदहरू अमृता बिक, आरेन राई, इन्दिरा राना मगर, ऐन बहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेश सिंह ठगुन्ना, गोविन्द पन्थी, जनक राज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरत बहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सिताराम साह सदस्य छन् ।

  • २९ चैत्र २०८२, आईतवार १४:०५ प्रकाशित