साताको पहिलो दिन आज सुनचाँदीको भाउ कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कायम भएको छ । गत आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

  • २९ चैत्र २०८२, आईतवार १२:१८ प्रकाशित