ट्राफिक सचेतना जगाउँदै एवान ग्रेटर नेपाल यातायात प्रालिको क्यालेण्डर विमोचन

केन्द्रभाग मिडिया

पोखरा ।

एवान ग्रेटर नेपाल यातायात प्रालिले ट्राफिक सचेतना जगाउँदै क्यालेण्डर विमोचन गराएको छ । शनिबार ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै क्यालेण्डर विमोचन गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, ट्राफक प्रहरी निरीक्षक सुजित देवकोटाले ट्राफिक नियमको पालना गरे कारबाही र जरिवाना गर्न नै नपर्ने बताए ।

उनले सवारी दुर्घटना न्युनिकरणका लागि सबैले समुहिक प्रयास गर्नुपर्ने खाँचो औल्याए । ट्राफिक व्यवस्थापन गर्ने र सवारी दुर्घटना न्युनिकरण गर्ने काम ट्राफिक प्रहरीको मात्र नभएर समग्र सबैको भएको उनको भनाई थियो । ‘दुर्घटना न्युनिकरणका लागि सवारी चालक, पैदलयात्रु, नीति निर्माता देखि समाजमा रहेका सबै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ । हामी ‘ट्राफिक प्रहरी) फिल्डमा खट्छौं, सम्झाउँछौं, बmुझाउँछौं, त्यतिमात्र नभएर आवश्यक परे कारबाहीपनि गर्छौं । तर, यसो गरेर मात्र हुँदैन । तपाइँ जो सडक प्रयोग गर्ने पैदलयात्रु, यात्रु, सवारी चालक र सरोकारवाला हुनुहुन्छ यसमा सबैको महत्वपूर्ण जिम्मेवारी छ’ उनले भने ।

एवान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले ट्राफिक सचेतना लागयतका कार्यक्रम गरेर आफ्नो संस्थाले सवारी दुर्घटना न्युनिकरणका साथै व्यवसायीको हित अनि समाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको बताए । अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिले बनाएको नया वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो भने आपसमा शुभकामना आदानप्रदानपनि गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यारत ट्राफिक नायव निरीक्षक प्रविण भट्टराई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष बेनिराज थिङ, पत्रकार यदुनाथ बञ्जरा र शिवराज बस्ताकोटी लगायतले बोलेका थिए ।

  • २८ चैत्र २०८२, शनिबार १८:३३ प्रकाशित