विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयमा नेकपाको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ । विगत सात दिनदेखि निरन्तर चलिरहेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको विषयमा जानकारी दिने क्रममा नेता जगन्नाथ खतिवडाले नागरिक र श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यसको विपक्षमा उभिने निर्णयमा पुगेको बताएका हुन् ।

पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । दैनिक केही घण्टा मात्रै बसेर लम्बिएको यो बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यशैली र एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा छलफल भइरहेको छ ।

नेता खतिवडाका अनुसार अहिलेसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेका छैनन् । नयाँ वर्षको चटारो र आन्तरिक गृहकार्यका लागि केही दिन समय चाहिएकाले अबको बैठक ३ वैशाखमा बस्ने तय भएको छ ।

  • २८ चैत्र २०८२, शनिबार १६:५३ प्रकाशित