काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् । शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् ।
दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
शाहले दाँत परीक्षण गराएका छन् । प्रहरी अस्पतालमा दाँतको उपचार राम्रो हुने भनेर चर्चा हुने गरेको छ ।













