आज अमेरिकी डलरको भाउ बढ्यो अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रवार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ ।

तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ३१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

 

  • २७ चैत्र २०८२, शुक्रबार ०७:०६ प्रकाशित