काठमाडौं।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ को विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा तीव्र उत्साह देखिँदा कारोबार रकम पनि उच्च रहेको छ । दिनभरिमा ३३८ कम्पनीका २ करोड ७९ लाख कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कूल २७९ कम्पनीको कारोबार भएकोमा २५१ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मात्र घटेको छ । १ कम्पनीको मूल्य भने स्थिर रह्यो ।












