ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।‘अहिले स्वास्थ्य अवस्था स्थिर छ । हामीले शल्यक्रियाको तयारी सोमबारलाई योजना बनाएका छौं,’ ती चिकित्सकले भने, ‘ सायद त्यसभन्दा अगाडि डिस्चार्ज हुन हुन्न होला ।’

शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । १४ चैतमा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओली पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

  • २६ चैत्र २०८२, बिहीबार १३:३७ प्रकाशित