पोखरामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

केन्द्रभाग मिडिया

 

पाेखरा ।

पोखराको सभागृह चोकमा एक पुरुषले मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

धारिलो हतियार प्रहारबाट घाइते भएकी मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमेका हाे ।

सभागृह चोकमा बुधबार साँझ एक अपरिचित पुरुषले धारिलो हतियार प्रहार गरेको थियो । हतियार प्रहार गर्ने व्यक्ति फरार रहेकाे र खाेजी तिव्र पारिएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

 

  • २५ चैत्र २०८२, बुधबार २१:४९ प्रकाशित