काठमाडौं ।
निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्मा उठेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘नयाँ सरकार आउने वित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत छ’ उनले भने ।
सांसद केरुङले निजी क्षेत्रका संचार माध्यमले सरकारी विज्ञापन नपाउने निर्णयबाट पछाडि हट्न सरकारसँग माग गरे












