सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू :कुन गन्तव्य पुग्न कति ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ ।

विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल ९मन्त्रीस्तर० को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

यात्रुवाहक सवारीको भाडा १६।७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५।७५ प्रतिशतले बढाइएको छ ।

विभागका निर्देशक श्रीकान्त यादवका अनुसार आजैदेखि नयाँ भाडा दर लागू हुनेछ । निर्देशक यादवले भाडा समायोजन एउटा नियमित प्रक्रिया भएको र यसपटक विभिन्न १३ वटा सूचकहरूलाई आधार मानेर भाडा दर पुनरावलोकन गरिएको जानकारी दिए । ‘भाडा समायोजन गर्ने विषयमा आवश्यक हिसाब र क्याल्कुलेसन सम्पन्न भई अगाडि बढिसकेको छ,’ यादवले भने,‘ आजैदेखि राजधानीमा बढेको भाडा दर लागू हुनेछ ।’

विगतमा इन्धनको मूल्यलाई मात्र मुख्य आधार मानिने गरे पनि यस पटक सवारी साधनका अन्य पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम लागत लगायतका १३ वटा सूचकहरूलाई विश्लेषण गरी भाडा समायोजनको प्रस्ताव तयार पारिएको विभागका निर्देशक यादवको भनाइ छ ।

  • २५ चैत्र २०८२, बुधबार १७:०५ प्रकाशित