स्याङ्जामा अवैध गाँजासहित दुई युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

गएराती ११ बजेर १० मिनेटको समयमा पुतलीबजार वडा नम्बर ३ बाडखोलामा शंकास्पद रुपमा हिडीरहेका युवकमाथि चेकजाँज गर्ने क्रममा गाँजासहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

पक्राउ पर्नेमा बाडखोला बस्ने २१ वर्षका सुनिल वि.क र नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ९ घर भई हाल पुतलीबजार ३ मा बस्ने २३ वर्षका उत्तम ढुंगाना रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई चेक गर्ने क्रममा शरीरमा लुकाई राखिएको अवस्थामा १२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

  • २५ चैत्र २०८२, बुधबार १६:४२ प्रकाशित