कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरा फ्लेयर मास्टर च्यम्पियनसिप हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरा फ्लेयर मास्टर च्यम्पियनसिप हुनभएको छ ।

यही २७ चैतमा ताजमहल ईभेन्ट सेन्टर, र्पस्याङमा च्याम्पियानसिपको आयोजना गरिएको कान्तिपुर होटल ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष विजय पौडेलले जानकारी दिए । च्यम्पियनसिपले नेपाली बार टेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षतालाई मुख्य रूपमा उजागर गर्दै व्यावसायिक तालिमलाई विश्वव्यापी रोजगारीको बाटोको रूपमा स्थापित गर्ने उनले बताए ।

अहिले संसारभरका होटलहरुमा चलिरहेको टे«न्डिङ्गमा विभिन्न पेय पदार्थ र विशेष गरी कक्टेल मक्टेललाई ठेट स्वाद अर्थात तितोपन, अमिलोपन र गुलियोपनको मात्रा ठिक–ठिक मात्रामा मिलाई पाहुनालाई पस्कन सक्ने कला प्रदर्शन गर्ने पेशा जसलाई बारटेन्डर बिशेषज्ञ र उक्त बारमा उभिएर बोत्तलहरु घुमाएर प्रस्तुत गर्ने कला देखाएर ग्राहकलाई खुशी बनाइन्छ । यही कलामा च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिपमा प्रथम हुनेले ४० हजार रुपैयाँ, प्याराग्लाईडिङ्ग, गिफ्टह्याम्पर, ट्रफी, सम्मान पत्र र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोश्रो दोस्रो हुनेले २५ हजार रुपैयाँ ट्रफी, गिफ्टह्याम्पर, सम्मान पत्र र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी र तेस्रो चौथो हुनेले क्रमस १५ हजार र ५ हजार रुपैयाँका साथमा गिफ्टह्याम्पर, सम्मान पत्र र प्रमाण पत्र प्रप्त गर्नेछन् ।उत्कृष्ट कक्टेलले पाँच हजार वन्जी जम्प, ट्रफी, गिफ्टह्याम्पर, सम्मान पत्र र प्रमाण पत्र गर्नेछन् भने उत्कृष्ट बोटल घुमाउने कलाले पाँच हजार रुपैयाँ ट्रफी, गिफ्टह्याम्पर, सम्मान पत्र र प्रमाण पत्रका साथै अन्य सहभागीहरुलाई मायाँको चिनो र सहभागीताको प्रमाण–पत्र प्रदान गरिने बुधबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

प्रतियोगितामा कान्तिपुर होटल ट्रेनिङ सेन्टरको सिस्टर अर्गनाईजेशन कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज एजुकेसन पार्टनरको रुपमा रहेको छ । एजुकेसन पार्टनर कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले २ बर्षे होटल म्यानेजमेन्ट बिषय र ६ महिने कलिनरी आर्टस् (पाक कला) को विषयमा अस्ट्रेलियन सरकारद्धारा मान्यता लिई अध्यापन गराउँदै आईरहेको छ । होटल म्यानेजमेन्ट बिषय अन्तर्गत बारटेन्डर विषयका प्रशिक्षार्थीहरु बारमेनका रुपमा बिदेशका ५ तारे होटल तथा बार रेष्टुरेण्टमा बार मेनको रुपमा आफुलाई स्थापित गरेका छन् ।

उक्त च्याम्पियनसिपमा भाग लिन राष्ट्रिय स्तरका बारमेनहरु काठमाण्डौ, बुटवल, चितवन, ईटहरी र पोखरा लगायत अन्य शहरहरुबाट ३७ जना सहभागी हुने छन् । देशभरका ६७ जनाले प्रारम्भिक प्रतिस्पर्धा गरेकामा उनीहरुबाट ३७ जना छनोट भएका हुन् । प्रतियोगिता विहान ७ बजेदेखि विभिन्न चार चरणमा राति ९ बजेसम्म चल्नेछ ।

प्रतियोगिताको बारे कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज एजुकेसनमा भएको पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रम संयोजक निस्चल देवकोटा, प्रशासन प्रमुख कुमार ज्ञवाली लगायतले च्याम्पियनसिपको बारेमा जानकारी दिएका थिए । च्याम्पियनसिप सेतो बाघ भोड्काले प्रस्तुछ गर्दैछ ।

  • २५ चैत्र २०८२, बुधबार १२:२७ प्रकाशित