काठमाडौं ।
बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँ बढेको हो ।
हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।













