प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असीम शाहले बताए ।

भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो ।

भेटवार्तामा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने बताइएको छ ।

  • २५ चैत्र २०८२, बुधबार १०:५३ प्रकाशित