स्याङ्जा ।
स्याङजामा परालको टौवामा आगो लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पुतलीबजार–४ बेलघारी स्थित टौवामा आगो लगाएको आरोपमा अर्जुनचौपारी गाउँपालिका –१ बस्ने ३३ वर्षीय नविन न्यौपाने पक्राउ परेका हुन् ।
बुधबार विहान ६ बजे बेलघारी स्थित टौवामा आगलागी भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा विहान ७ बजे आगली नियन्त्रणमा लिएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका न्यौपानेलाई अपराधिक उपद्रव मुद्दामा बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।












