पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित विदेशी मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ बढेको छ । हिजो पनि अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ८१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ०७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७६ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













