स्याङ्जामा अवैधरुपमा ढुंगा, गिट्टीबालुवा ओसार पसार गरिरहेका दुई ट्याक्टर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङजामा विना रसिद नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको दुइ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

पुतलीबजार नगरपालिका वडा नम्बर ४ दुईघरे स्थित आँधिखोलाबाट गिट्टी बालुवा अवैध रुपमा उत्खनन् गरि ओसार पसार गरिरहेको अवस्थामा ग १ त ४७९३ नम्बरको ट्याक्टरलाई आज नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै वालिङ नगरपालिका ८ झोलुङ्गेपुलबाट ढुंगा ओसारी रहेको ग १ त ७३०२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । उक्त ट्याक्टरहरुलाई सम्बन्धित वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका कार्यालयलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

  • २४ चैत्र २०८२, मंगलवार १६:३६ प्रकाशित