बन्द उद्योग पुनः सञ्चालन गर्न सांसदको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निष्क्रिय रहेका सानादेखि ठूला उद्योग पुनः सञ्चालन गर्नुपर्ने माग संसद्मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्साना बानुले यस्तो माग गरेकी हुन् । ‘निष्क्रिय रूपमा रहेका सानादेखि ठूला उद्योग तुरुन्त सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस्’, उनले भनिन् ।

रोजगारी सिर्जना गर्न नसके युवा पलायन नरोकिने र युवाले खोजेजस्तो परिवर्तनको अनुभूत गर्न नसकिने उनले बताइन् ।जेनजी आन्दोलनका क्रममा सहभागी भएका युवा पक्राउ परेको भन्दै त्यसको विरोध गरिन् । पक्राउ परेकालाई रिहा गर्न पनि उनले माग गरेकी छन् ।

  • २४ चैत्र २०८२, मंगलवार १५:४६ प्रकाशित