आज घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ ।

सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११:५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो ।

  • २४ चैत्र २०८२, मंगलवार १५:४० प्रकाशित