काठमाडौं ।
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीले पदको शपथ लिएकी छन्।
उपाध्यक्ष भण्डारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ दिलाएका हुन् । भण्डारी सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।रासस













