डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलिय पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।उनका अनुसार, सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भनिन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको पनि उनले बताइन् ।‘मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ,’ मन्त्री रावलले भनिन् ।

  • २४ चैत्र २०८२, मंगलवार १४:१२ प्रकाशित