पोखरा २९ आदर्शचोकनजिक पार्किङमा राखेको गाडीमा आगजनी गर्ने युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका २९ आदर्श चोकस्थित जयराम बाबा विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको गाडीमा आगजनी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २० गते राति १ बजे प्रदेश २–०३००१ च ५००० नम्बरको गाडीमा आगजनी गरेको भन्दै प्रहरीले पोखरा महानगरपालिका वडा नं। २९ पटनेरी बस्ने २२ वर्षीय बिसान सुनारलाई पक्राउ गरेको हो ।

उनलाई रिठ्ठेपानीस्थित चन्द्रघाट नजिक जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा  पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सुनारलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

  • २४ चैत्र २०८२, मंगलवार ११:२८ प्रकाशित