आज सुनको मुल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ ।सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २४ चैत्र २०८२, मंगलवार ११:०२ प्रकाशित