स्याङ्जा ।
स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर ४ मडकिना स्थित घुम्तिमा जिप दुर्घटना हुँदा त्यसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा विरुवा ४ घोप्टेका मुक्ति वहादुर नेपालीकी ८ बर्षीया छोरी एन्जल नेपाली, वडा नम्बर ४ कै ओरेस्टेका ५० वर्षीय मानसिङ गुरुङ, सोही ठाउँकी ५९ वर्षीया, दालमायाँ गुरुङ, पोखरा ११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा १७ विरौटाकी ५६ वर्षीया सिता वाग्ले र पुतलीबजार ७ ठूलाडीकी ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ घाइते भएका छन् ।
यसैगरी विरुवा ४ की ६५ वर्षीया रेम कुमारी बस्याल, सोही स्तानका प्रदिप दर्जीका १३ वर्षीय छोरा कृस्चल दर्जी, पुतलीबजार ७ ठुलाडीकी ३३ वर्षीया शर्मीला नेपाली, शर्मीला नेपालीको छोरा साढे २ वर्षीय कृष्ण नेपाली र पोखरा १५ जल्पा मार्गकी ६० वर्षीया बिमला गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
उनका अनुसार आज (सोमबार) साँझ ५ः३० बजे विरुवा गाउँपालिका ४ मडकिना स्थित घुम्ति विरुवा भित्री सडक खण्डमा घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको प्रदेश अस्पताल पुतलीबजारमा उपचार भइरहेको छ ।
जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक सहित १५ जना सवार थिए । घटनास्थलमा प्रहरी निरीक्षक सहितको १६ जनाको प्रहरी टोली खटिएको थियो भने, स्थानीयको समेत सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।













