काठमाडौं ।
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।
संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।
सदस्यहरूमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल रहेका छन् ।












