प्रतिनिधि सभाको अर्को बैठक भोलि बस्ने : तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन् ।

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए ।

त्यस्तै, मन्त्री गुरुङले पेस गरेको प्रस्ताव ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मतिले स्वीकृत भएको हो । तीन वटै प्रस्तावमाथि सभामुख अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गरेका थिए ।
यस्तै बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । साथै पूर्व सांसद रामचन्द्र भट्टराईका निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।

  • २३ चैत्र २०८२, सोमबार १५:०९ प्रकाशित